धनगढी । प्रसिद्ध बिरे जात्रा सुरु भएको छ । बिरे जात्रा दार्चुलाको जिल्लाको सबैभन्दा विकट अपीहिमाल गाउँपालिका–३ क्षेत्ति र घाजिरका स्थानीयको सबैभन्दा ठूलो जात्रा हो ।
यो जात्रा धार्मिक र पर्यटकीय मात्रै नभई सांस्कृतिक हिसाबले पनि जिल्लाकै महत्वपूर्ण हो । बिरे जात्रा १७ दिनसम्म मनाइन्छ ।
यस जात्रामा बिरेहरू स्थानीय विशेष पहिरनसहित खाली खुट्टा अपिहिमाल गाउँपालिकाको क्षेत्तिबाट साढे २४ किलोमिटर बझाङको सिमाना सुर्मासरोवर पुग्छन् । उता बझाङको सुर्मा गाउँपालिकाबाट पनि श्रद्धालुहरू सिकारीको भेषमा सुर्मा सरोवरको यात्रामा निस्कने चलन छ ।
सुर्मासरोवरमा देवीको आराधना गरी तलाउको माटोलाई प्रसादको रूपमा लिएर फर्कन्छन् । दार्चुलाबाट गएका श्रद्धालुहरुले सुर्मा देवीको पूजा गरेपछि मात्र बझाङबाट पुगेका श्रद्धालुले पूजा गर्ने चलन छ ।
प्रतिक्रिया