ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

डडेल्धुरा, डोटी र बैतडीका सिडिओको सरुवा

बुधबार ०४, असार २०८२ ०७:३९

धनगढी । सुदूरपश्चिम प्रदेशका डडेल्धुरा, डोटी र बैतडी जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)को गृह मन्त्रालयले सरुवा गरेको छ । डडेल्धुरामा कार्यरत प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेको सरुवा गरिएको छ । उनको स्थानमा जिल्ला प्रशासन कार्यालय गुल्मीमा कार्यरत जनार्दन गाैतम डडेल्धुरा आउँदै छन् ।

 यस्तै सहायक प्रजिअकाे रूपमा सल्यानमा प्रजिअ रहेकी सावित्रा पुन पनि डडेल्धुरा आउने भएकी छन्।

त्यस्तै, डोटीका सिडिओ मोहन जोशीको पनि सरुवा भएको छ । उनको ठाउँमा गृह मन्त्रालयबाट सहसचिव बुद्धबहादुर गुरुङ नयाँ सिडिओका रूपमा डोटी आउनेछन् ।

यसैगरी, बैतडीका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायको ठाउँमा गोरखामा कार्यरत पुण्य बिक्रम पौडेल बैतडीको नयाँ सिडिओ हुने भएका छन् । गृह मन्त्रालयले नियमित प्रशासनिक सरुवाअन्तर्गत उक्त निर्णयहरू गरेको हो । 

 

प्रतिक्रिया